सिन्धु विकास बैंकमा ५ करोड घोटाला


Artha Sarokar 2076-6-14


Artha Sarokar

 

काठमाडौं - सिन्धु विकास बैंकका संचालकहरुले जग्गा खरिद गर्दा ५ करोड घोटाला गरेका छन् । चलनचल्तीको मूल्य ७ करोडमा पाइने ८ आना जग्गा १२ करोड रुपैयाँमा खरिद गरी अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, सीईओ रमेशप्रसाद जोशीसहितका संचालकहरुले ५ करोड रुपैयाँ भागशान्ति गरी खाएको आरोप छ ।

 

बनेपाको इलाका प्रहरी कार्यालयअगाडिको ८ आना जग्गा अधिकतम मूल्य ८० लाख आनामा पाइने स्थानीयहरु नै स्वीकार्छन् । तर बैंकले उक्त जग्गा प्रतिआना १ करोड ५० लाख रुपैयाँमा जग्गा खरिद गरेको छ । सर्वसाधारणको निक्षेप र सेयर रहेको सिन्धु विकास बंैकले केही महिनाअघि बनेपामै २७ आना जग्गा खरिद गर्नका लागि हेरिसकेको थियो । १५ करोड मूल्य तय समेत गरिसकेको थियो । जग्गाधनीलाई ९ करोड दिएर अरु ६ करोड कमिसन खानेगरी संचालकहरुले तारतम्य मिलाएका थिए । तर संचालकहरुबीच कमिसनको भागबण्डा नमिलेका कारण उक्त जग्गा खरिद गरिएन ।

 

जग्गा खरिदको बिषयलाई लिएर उजुरी परेमा राष्ट्रबैंक मिलाउनुपर्ने र त्यसका लागि ३ करोड छुट्याउनुपर्ने अध्यक्ष श्रेष्ठ र सीइओ जोशीको कुराले विवाद हुँदा त्यो जग्गा खरिद हुनसकेन । उक्त विवादले गर्दा सिन्धु बैंकका दुई संचालकले बैंक नै छाडे । हाल अधिकतम ६ करोड ५० लाख मूल्यमा पाइने जग्गा १२ करोडमा खरिद गरिएको छ । जग्गाधनीलाई ७ करोड रुपैयाँ दिइएको छ । जग्गा खरिदको ५ करोड कमिसनमा राष्ट्रबैंक मिलाउन २ करोड छुट्याइएको छ । कमिसन नमिल्दा अहिले पनि संचालकहरुबीच ठूलो विवाद छ ।

...

Read More
  • Financial Notices