२ फाइनान्स एकाई बन्द गर्दै रिलायन्स कम्पनी


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
२ फाइनान्स एकाई बन्द गर्दै रिलायन्स कम्पनी

असोज १४, नयाँ दिल्ली (भारत) । भारतीय व्यापारी अनिल अम्बानीको कम्पनी रिलायन्स क्यापिटलले दुई कर्जा प्रदायक एकाईहरु बन्द गर्न लागेको छ । 

कम्पनीले डिसेम्बरदेखि  रिलायन्स कमर्शियल फाइनान्स र रिलायन्स होम फाइनान्स बन्द गर्न लागेको हो । दुई वर्षअघि रिलायन्स कम्युनिकेशनबाट बाहिरिएयता अनिल अम्बानी नेतृत्वको कम्पनी बन्द गर्न लागिएको हो ।

रिलायन्स कम्युनिकेशनको अहिले दामासाही प्रक्रिया चलिरहेको छ । यसको प्रतिरक्षा व्यवसाय रिलायन्स नवल पनि गम्भीर वित्तीय संकटबाट गुज्रिरहेको छ ।

व्यवसायीक रुपान्तरणको हिस्सा अन्तर्गत रिलायान्स क्यापिटलले कर्जा प्रदायक व्यवसायहरुबाट बाहिरिने निर्णय गरेको वार्षिक साधारण सभामा अम्बानीले शेयरधनीहरुलाई बताएका छन् ।

दुबै कम्पनीको ‘रिजोलुशन’ योजनालाई अन्तिम रुप दिने काम भइरहेको र यो काम डिसेम्बर सम्ममा सकिने बताइएको छ । वित्तीय सेवा क्षेत्रमा देखा परेको संकट, लेखा परिक्षक र रेटिङ निकायहरुको विवेकहित कदम र अर्थतन्त्रमा आएको सुस्तीका कारण यी दुई एकाई बन्द गर्नु परेको अम्बानीले बताएका छन् ।

रिलायन्स क्यापिटल १५ वर्ष अघि लञ्च भएको थियो । ३० हजार कर्मचारी कार्यरत यस कम्पनीको एकाईमा फाइनान्स बाहेक मुचुअल फण्ड र बीमा एकाई पनि छ । रासस/ पीटीआई

Read More
  • MBL