कामनासेवा विकास बैंक र शन्तिदीप हस्पिटल बिच सम्झौता


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
कामनासेवा विकास बैंक र शन्तिदीप हस्पिटल बिच सम्झौता

प्रगतिको आधार कामना सेवा संग कारोवार भन्ने मुल नाराका साथ संचालित कामना सेवा विकास बैंंक र कुश्मा नगरपालिका ६ पर्वतमा रहेको शान्ति दिप हस्पिटल प्रा.लि. विच यमओयु सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फवाट गण्डकी प्रदेश प्रमुख टुबराज वास्तोला तथा हस्पिटलको तर्फवाट हस्पिटलका अध्यक्ष डा. उमेश कुमार मण्डलले हस्ताक्षर गर्नुभएको हो । सम्झौता अनुसार बैंकका ग्राहक तथा कर्मचारीहरुले सम्पुर्ण सेवामा १० तथा औषधिमा ५ प्रतिसत सम्म छुट पाउने ब्यवस्था रहेको छ ।

बैंक तथा हस्पिटल संगको सहकार्य बाट दुवै पक्षलाई फाईदा पुग्नेहुदाँ सहकार्य दिगो रहने बैंकका गण्डकी प्रदेश प्रखुख टुवराज बास्तोलाले बताउनुभयो । बैंकले अन्य शहरका ठुला ठुला हस्पिटलसंँग समेत सहकार्य गर्दै आएको छ देशभर ९९ शाखा संजाल तथा ४५ ए टी यम काउन्टर वाट सेवा प्रदान गर्दै आएको बैंक को यस आर्थिक वर्षमा २५ शाखा थप गर्ने लक्ष्य रहेको वास्तोलाले वताउनु भयो । बैंकले स्वणीम सुरक्षीत खाता मार्फत सेवाग्राहीलाई ८ लाख सम्मको विमा सुविधा प्रदान गर्दै आएको छ ।

बैंक को कुश्मा शाखाको सभाहलमा सम्पन्न कार्यक्रमको संचालन शाखाका सम्वन्ध प्रबन्धक किसोर तिमील्सीना तथा स्वागत शाखा प्रबन्धक टंकनाथ लामिछानेले गर्नुभएको थियो । विभिन्न संघ संस्थाका पदाधिकारीको उपस्थितीमा बैंक र हस्पिटल विच सम्झौता भएको हो । बैंकले धौलागीरी क्षेत्रका अन्य अस्पताल सँग समेत सहकार्य गर्दै सेवाग्राहीलाई सेवा दिने तयारीमा रहेको प्रबन्धक लामिछानेले बताउनुभयो ।

Read More
  • MBL