सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर कारोबार खुल्ला, हेर्नुस् कति पायो ओपन रेञ्ज ?


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
 सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर कारोबार खुल्ला, हेर्नुस् कति पायो ओपन रेञ्ज ?

काठमाडौं - सप्तकोशी डेभलपमेन्ट बैंक र काबेली विकास बैंकको मर्जर सम्पन्न भएपछिको पहिलो सेयर कारोबार सोमबारदेखि खुल्ला भएको छ । सप्तकोशी र काबेलीले असार २२ गते एकीकृत कारोबार गरेका थिए । मर्जरपछि सप्तकोशी डेभलपमेन्ट बैंकको नामबाट कारोबार खुलेको हो ।
सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर प्रतिकित्ता १४३ रुपैयाँलाई आधार मानेर खुलेको हो । यसको कारोबार संकेत ‘एसएपीडीबीएल’ तोकिएको छ । यसअघि यी दुई बैंकबीच मर्जर सम्झौता भएसँगै माघ ६ गतेदेखि सेयर कारोबार रोकिएको थियो । काबेली र सप्तकोशीले गत चैत २७ गते विशेष साधारण सभाबाट मर्जर सम्बन्धी विशेष प्रस्ताव पारित गरेका थिए ।

Read More
  • MBL