समता लघुवित्त (SMATA) ले असोज २६ गतेदेखि चुक्ता पूँजीको दुई सय प्रतिशत बराबरको हकप्रद शेयर निष्काशन गर्ने भएको छ। लघुवित्तले चुक्ता पूँजी वृद्धि गर्न १२ करोड १३ लाख ४४ हजार रुपैयाँ बराबरको १२ लाख १३ हजार ४४० कित्ता हकप्रद बिक्री गर्न लागेको हो ।
लघुवित्तले हकप्रद बिक्री प्रयोजनका लागि २०७६ भदौ ३१ गते मंगलबार बुकक्लोज गरेको छ । जसअनुसार लघुवित्तको हकप्रद भदौ ३० गतेसम्म कायम शेयरधनीले मात्र खरीद गर्न सक्नेछन् ।
असोज २६ गते निष्काशन हुने लघुवित्तको हकप्रदमा मंसिर १ गतेसम्म आवेदन गर्न सकिनेछ।
शेयरधनीहरुले हकप्रदमा धितोपत्र बोर्डबाट आश्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था तिनको शाखा कार्यालय र मेरो शेयर सफ्टवेयर मार्फत अनलाईन आवेदन गर्न सक्नेछन्।