शिव श्रीको आइपीओ असोज १६ गतेबाट खुल्ने



Nepali Paisa

काठमाडौं : शिव श्री हाइड्रोपावरको ३३ करोड ५१ लाख १४ हजार रुपैयाँ बराबरको आइपीओ असोज १६ गतेबाट खुल्ने भएको छ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयले नकिनेको ११ लाख ३६ हजार ५४० कित्ता र सर्वसाधारणलाई छुट्याइएको २२ लाख १४ हजार ६ सय कित्ता गरी कुल ३३ लाख ५१ हजार १४० कित्ता आइपीओ बिक्री गर्न लागेको हो । यसमध्ये २ लाख ६८ हजार ०९१ कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । चालु आर्थिक वर्षमा शिव श्रीले पहिलो आइपीओ बिक्री गर्न अनुमति पाएको हो । 
 
कम्पनीले यसअघि स्थानीयलाई १४ लाख ७६ हजार ४०० कित्ता आइपीओ निष्कासन गरेकोमा ३ लाख ३९ हजार ८३० कित्ता सेयर मात्र बिक्री भएकोे थियो । यस आइपीओमा असोज २४ गतेसम्म आवेदन दिन पाइनेछ । यस अवधिमा सबै सेयर बिक्री नभएमा भने कात्तिक १५ गतेसम्म भर्न सकिने बिक्री प्रबन्धकले जानकारी दिएको छ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन पाइनेछ । 

Read More
  • Financial Notices