काठमाडौं– नेपाल बैंक लिमिटेडले संविधान दिवसको अवसर पारेर समृद्ध व्यवसाय कर्जाको सुरुवात गरेको छ ।
त्यसैगरी, बैंकद्वारा संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ खुल्ला रक्तदान, सार्वजनिक स्थल सरसफाई, दीपावली, प्रभात फेरी, संविधानविदसंग अन्तरक्रिया तथा नयाँ कर्जा सेवा शुभारम्भ लगायतका विविध कार्यक्रमको आयोजना गर्यो ।
यस सिलसिलामा सार्वजनिक स्थान सरसफाई अभियान अन्तर्गत बैंकद्वारा संचालित भुगोल पार्क वरपर सरसफाई कार्यक्रमको नेपाल बैंक संचालक समितिका अध्यक्ष वासुदेव अधिकारीले शुभारम्भ गरे । यसै अवसरमा बैकद्वारा आयोजित खुल्ला रक्तदान कार्यक्रममा सरिक ५० जना रक्तदातालाई बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले प्रमाणपत्र प्रदान गरेका थिए ।







