लुम्बिनीको बोनस सेयर खातामा पाउन अब यसो गर्नुहोस्


Nepali Paisa 2076-6-3


Nepali Paisa

काठमाडौं : लुम्बिनी विकास बैंकले बोनस सेयरमा लाग्ने कर रकम जम्मा गर्न सेयरधनीलाई आग्रह गरेको छ । कम्पनीले गत साउन २८ गते बसेको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट १७.०७% बोनस सेयर दिने निर्णय पारित गरेको थियो । यही बोनसमा लाग्ने कर तिर्न सेयरधनीलाई भनेको हो ।

सेयरधनीले लुम्बिनी बिकास बैंकको शाखा कार्यालय त्रिपुरेश्वर, काठमाडौंको खाता नं. ०३१००१२०००४१०२००००१४ मा कर तिर्न सक्नेछन् । यो खाता भिबोर क्यपिटलको नाममा छ । लुम्बिनी विकास बैंकको कुनै पनि शाखाबाट रकम जम्मा गर्न सकिने छ ।

Read More
  • Financial Notices