नेपाल इन्भेस्टमेन्ट बैंकले प्रदेश नं १ को भोजपुर, पौवादुङमा गाउँपालिकामा विस्तारित काउन्टरमार्फत आफ्नो कारोबार बढाएको छ । नयाँ खोलिएको विस्तारित काउन्टर गाउँपालिकाको वडा नं ३ स्थित सदरमुकाम च्याङ्ग्रेमा रहेकाले यसले स्थानीय माग पूरा गर्ने गरी पूर्ण विस्तारित काउन्टरका रूपमा सञ्चालन हुने बैंकले जनाएको छ ।
यो नेपाल इन्भेस्टमेन्ट बैंकको १५ औं विस्तारित काउन्टर हो भन्दै बैंकले ग्रामीण क्षेत्रमा वित्तीय पहुँचमा सहयोग पु¥याउने तथा वित्तीय साक्षरतालाई व्यापक तुल्याउने उद्देश्यले उद्घाटन गरिएको पनि जनायो ।