लघुवित्तमा राष्ट्र बैंकको शेयर नरहने, सबै निजी क्षेत्रलाई


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
लघुवित्तमा राष्ट्र बैंकको शेयर नरहने, सबै निजी क्षेत्रलाई

लघुवित्त क्षेत्रमा नेपाल राष्ट्र बैंकको शेयर स्वामित्व नरहने भएको छ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थामा राष्ट्र बैंकको दुई लाख ९९ हजार नौ सय ८२ कित्ता संस्थापक शेयर रहेको छ । उक्त शेयर राष्ट्र बैंकले लिलामी बढाबढबाट विक्री गर्न लागेको छ । कात्तिक ४ गतेभित्र आवेदन दिइसक्नुपर्ने उक्त शेयरको आवेदन फारम राष्ट्र बैंकको बालुवाटारस्थित बैंकिङ कार्यालयको व्यवस्थापन विभागमा पाइन्छ ।

शेयरको न्यूनतम मूल्य प्रतिशेयर रू. १२५ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्ने छ । सबैभन्दा बढी दरमा खरीद गर्न प्रस्ताव पेश गर्ने आवेदकले शेयर पाउनेछ । त्यसबाट पनि शेयर बाँकी रहेमा त्यसपछिको बढी दरमा खरीद गर्न प्रस्ताव पेश गर्ने आवेदकलाई विक्री गरिने छ ।

ग्रामीण विकास बैंकको सेयर विक्री गरेपछि राष्ट्र बैंकसँग भएको लघुवित्तको शेयर सबै निजी क्षेत्रमा हस्तान्तरण भइसक्छ । आरएमडीसी लघुवित्तमा भएको तीन लाख २३ हजार पाँच सय २५ कित्ता संस्थापक शेयर यसअघि नै टेन्डर आह्वान गरि विक्री गरिसकेको छ ।

Read More
  • MBL