सिद्धार्थ बैंकको २५.२६% लाभांश घोषणा, बोनस र नगद कति ?


Nepali Paisa 2076-5-31


Nepali Paisa

काठमाडौं : सिद्धार्थ बैंकले २५.२६% लाभांश दिने घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १०% बोनस सेयर र १५.२६% नगद लाभांश दिने निर्णय गरेको हो ।

नियामक राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ । बैंकले ८६ करोड ८५ लाख ५७ हजार ३१२ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, १ अर्ब ३५ करोड ६५ लाख २९ हजार ११४ रुपैयाँ नगद लाभांश बाँड्नेछ ।

सिद्धार्थको हाल चुक्ता पुँजी ८ अर्ब ८८ करोड ७६ लाख ४ हजार ५४० रुपैयाँ रहेको छ । प्रस्तावित बोनसपछि पुँजी ९ अर्ब ७७ करोड ६३ हजार ६४ हजार ९९४ रुपैयाँ पुग्नेछ ।

Read More
  • Financial Notices