एनएमबि र ओमको मर्जरमा कर्मचारी समायोजनमा 'लफडा'


Bizpati 2076-5-30


Bizpati

एनएमबि र ओम डेभलपमेन्ट बैंकको मर्जरलाई नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंकको गत बिहीबार बसेको बोर्ड बैठकले मर्जरको लागि अन्तिम स्वीकृति दिएको हो । अन्तिम स्वीकृति पाएसंगै दशैँ अगाडी नै एकीकृत कारोबार सुरु गर्ने लक्ष्यका साथ बाँकि काम भईरहेको दुवै बैंकले जनाएका छन् ।

यद्यपि मर्जरमा कर्मचारी समायोजन भने पेचिलो बनेको छ । स्रोतका अनुसार ओमका १०० कर्मचारी बाहिरिने भएका छन् । स्रोतका अनुसार ७० जना प्याकेज लिएर बाहिरिने भएका छन् भने बाँकि करिब ३० जना मर्जर प्रक्रियामा अशन्तुष्टी जनाउदै राजिनामा दिएर बाहिरिन लागेका हुन् ।

Read More
  • Financial Notices