लक्ष्मी बैंकले पायो २० लाख कित्ता जारी गर्ने अनुमति


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
 लक्ष्मी बैंकले पायो २० लाख कित्ता जारी गर्ने अनुमति

 

काठमाडौं - लक्ष्मी बैंकले २० लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरमा २० अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ । बैंकले बिक्री गर्ने लागेको ऋणपत्र  मध्ये ८ लाख कित्ता सर्वसाधारणका लागि खुला हुनेछ भने बाँकी १२ लाख कित्ता बैंकले अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

 

बैंकले १० वर्ष अवधिको ‘१०% लक्ष्मी बैंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । उक्त ऋणपत्रमा वार्षिक १०% ब्याजदर पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैकिङले गर्नेछ । यो ऋणपत्रलाई केयर रेटिङ एजेन्सी इक्रा नेपालले मध्यम खालको सुरक्षा जनाउने एलबीबीबी प्लस रेटिङ दिएको छ । 

...

Read More
  • MBL