सनराइज बैंकले ३ अर्बको ऋणपत्र जारी गर्न बोर्डसँग माग्यो अनुमति


Nepali Paisa 2076-5-30


Nepali Paisa

काठमाडौं : सनराइज बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र ल्याउने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यसमध्ये १२ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

यस ऋणपत्रमा वार्षिक १०.२५% ब्याजदर पाइनेछ । बैंकले ८ वर्ष अवधिको ‘१०% सनराइज डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।

पछिल्लो समय बैंकहरुले अतिरिक्त पुँजी जुटाउन ऋणपत्र जारी गर्ने क्रम बढेको छ । धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्कासित इकाईको ४०% ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्ने हुन्छ । तर ऋणपत्रमा सर्वसाधारणको चासो भने निकै कम देखिएको छ ।

Read More
  • Financial Notices