नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

श्री लोकसेवा आयोगको सहमति अनुसार यस बैंकको आ.व. २०७६/७७ को स्वीकृत दरबन्दीका आधारमा रिक्त रहेका पदहरुमा खुल्ला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले योग्य नेपाली नगरिकहरुबाट मिति २०७६/५/३० देखि अनलाइन दरखास्त फाराम भर्न आह्वान गरिएको छ ।

बैंकले तोकेको अनलाईन फाराममा भर्नुपर्ने सम्पूर्ण विवरणहरु भरी सो को साथ नागरिकता र दरखास्त दिने पदको लागि तोकिएको न्यूनतम शैक्षिक योग्यताको ट्रान्सक्रिप्ट, चारिक्रिक प्रमाणपत्र तथा नेपालबाहेक अन्य मुलुकबाट हासिल गरेको शैक्षिक योग्यता भएमा सोको साथमा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता निर्धारण गरेको प्रमाणपत्र, समावेशी समूहका लागि ताकिएको प्रमाणपत्र, अनुभव चाहिने पदका लागि तोकिएको अनुभवको प्रमाणपत्र र हालसालै खिचेको पासपोर्ट साइजको फोटो Scan Attach गरी तोकिएको शुल्क मिति २०७६/६/१९ सम्म अनलाइन दरखास्त पेश गर्नुपर्नेछ ।

म्यादभित्र दाखिला नभएको र रीत नपुगी आएका दरखास्तउपर कुनै किसिमको कारबाही हुने छैन । झुट्टा विवरण उल्लेख गरी अनलाइन दरखास्त फाराम भरेमा सोको जवाफदेही उम्मेदवार स्वयं हुनुपर्नेछ ।

- सहायक प्रबन्धक (तह ६)  – १२६ (मान्यताप्राप्त संस्थाबाट व्यवस्थापन वा अर्थशास्त्र (मानविकी) मा न्यूनतम स्नातकोत्तर उतीर्ण)

- सहायक प्रबन्धक (CA) (तह ६) – १० (मान्यता प्राप्त संस्थाबाट सि.ए./ए.सि.सि.ए. उत्तीर्ण)

- सहायक (IT) (तह ४) – ४ (मान्यताप्राप्त संस्थाबाट प्रमाणपत्र तह उत्तीर्ण गरी कम्प्युटरसम्बन्धी न्यूनतम ६ महिना तालीम गरी कम्प्यूटर सञ्चालनमा १ वर्षको अनुभव हासिल गरेको)

- सहायक (तह ४) – २५ (प्रदेश १) (मान्यताप्राप्त संस्थाबाट व्यवस्थापन वा अर्थशास्त्र (मानविकी) मा न्यूनतम स्नातक उतीर्ण)

- सहायक (तह ४) – ३० (प्रदेश २) (मान्यताप्राप्त संस्थाबाट व्यवस्थापन वा अर्थशास्त्र (मानविकी) मा न्यूनतम स्नातक उतीर्ण)

- सहायक (तह ४) – १६७ (प्रदेश ३) (मान्यताप्राप्त संस्थाबाट व्यवस्थापन वा अर्थशास्त्र (मानविकी) मा न्यूनतम स्नातक उतीर्ण)

- सहायक (तह ४) – ५४ (गण्डकी प्रदेश) (मान्यताप्राप्त संस्थाबाट व्यवस्थापन वा अर्थशास्त्र (मानविकी) मा न्यूनतम स्नातक उतीर्ण)

- सहायक (तह ४) – ३७ (प्रदेश ५) (मान्यताप्राप्त संस्थाबाट व्यवस्थापन वा अर्थशास्त्र (मानविकी) मा न्यूनतम स्नातक उतीर्ण)

- सहायक (तह ४) – २८ (कर्णाली प्रदेश) (मान्यताप्राप्त संस्थाबाट व्यवस्थापन वा अर्थशास्त्र (मानविकी) मा न्यूनतम स्नातक उतीर्ण)

- सहायक (तह ४) – ११ (सूदूरपश्चिम प्रदेश) (मान्यताप्राप्त संस्थाबाट व्यवस्थापन वा अर्थशास्त्र (मानविकी) मा न्यूनतम स्नातक उतीर्ण)

- कनिष्ठ सहायक (तह ३) – १२ (प्रदेश १) (मान्यताप्राप्त संस्थाबाट व्यवस्थापन प्रमाणपत्र +२ उत्तीर्ण गरेको)

- कनिष्ठ सहायक (तह ३) – १४ (प्रदेश २) (मान्यताप्राप्त संस्थाबाट व्यवस्थापन प्रमाणपत्र +२ उत्तीर्ण गरेको)

- कनिष्ठ सहायक (तह ३) – १५ (प्रदेश ३) (मान्यताप्राप्त संस्थाबाट व्यवस्थापन प्रमाणपत्र +२ उत्तीर्ण गरेको)

- कनिष्ठ सहायक (तह ३) – ८ (गण्डकी प्रदेश) (मान्यताप्राप्त संस्थाबाट व्यवस्थापन प्रमाणपत्र +२ उत्तीर्ण गरेको)

- कनिष्ठ सहायक (तह ३) – १४ (प्रदेश ५) (मान्यताप्राप्त संस्थाबाट व्यवस्थापन प्रमाणपत्र +२ उत्तीर्ण गरेको)

- कनिष्ठ सहायक (तह ३) – ४ (कर्णली प्रदेश) (मान्यताप्राप्त संस्थाबाट व्यवस्थापन प्रमाणपत्र +२ उत्तीर्ण गरेको)

- कनिष्ठ सहायक (तह ३) – ३ (सूदूर पश्चिम प्रदेश) (मान्यताप्राप्त संस्थाबाट व्यवस्थापन प्रमाणपत्र +२ उत्तीर्ण गरेको)

- दरखास्त फाराम भर्न नेपाल बैंक लिमिटेडको Website: www.nepalbank.com.np को Careers मा Apply Online बटनमा Click गरी वा सोझौ http://jobs.nepalbank.com.np/Recruitment/rec/Default.aspx  मा राखिएको निर्देशन अनुसार भर्न सकिनेछ ।

- दरखास्त सम्बन्धी कुनै जानकारी लिनु परेमा नेपाल बैंक लिमिटेड, प्रधान कार्यालय, मानवस्रोत व्यवस्थापन विभागको तथा फोन नं.०१४२२११८५ एक्सटन्सन नं. २१० ४०७ मा सम्पर्क राख्न सकिनेछ ।

- लिखित परीक्षाको पाठ्यक्रम नेपाल बैंक लिमिटेडको  Website: www.nepalbank.com.np को Careers Tab मा राखिएको छ ।

 

Read More
  • MBL