एनएलजी इन्सुरेन्स ६०% हकप्रद अनुमति लिन धितोपत्र बोर्डमा


Nepali Paisa 2076-5-29


Nepali Paisa

काठमाडौं : एनएलजी इन्सुरेन्सले ६०% हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १०ः६ अनुपातमा ३८ लाख ४२ हजार ४३७.५० कित्ता हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यो हकप्रदमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटलले गर्नेछ । एनएलजी इन्सुरेन्सले ६०% हकप्रदको रेटिङ पनि गराइसकेको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले यस हकप्रदलार्ई औसत आधार जनाउने ‘ग्रेड ३’ रेटिङ दिएको छ । हाल एनएलजी इन्सुरेन्सको चुक्ता पुँजी ६४ करोड ४ लाख ६ हजार २५० रुपैयाँ रहेको छ । कम्पनीले यही पुँजीबाट ६०% हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रदपछि पुँजी १ अर्ब २ करोड ४६ लाख ५० हजार रुपैयाँ पुग्नेछ । 

असार मसान्त सम्ममा कम्पनीले १७ करोड ४२ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २७ रुपैयाँ २२ पैसा रहेको एनएलजीको प्रतिसेयर नेटवर्थ भने २६४ रुपैयाँ ५४ पैसा छ । 

Read More
  • Financial Notices