राष्ट्रिय वाणिज्य बैंकको २३८ औं शाखा देशकै उच्च हिमाली मानव बस्तीमा


Banking Khabar 2076-5-29


Banking Khabar

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशकै उच्च हिमाली मानवबस्ती भएको स्थान डोल्पा जिल्लाको डोल्पोबुद्ध गांउपालिकामा शाखा कार्यालय डोल्पोबुद्ध सञ्चालनमा ल्याएको छ । नेपाल सरकारका माननीय उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेल र माननीय संघीय सांसद जर्नादन शर्मा प्रभाकरले एक समारोहका बीच संयूक्त रुपमा बैंकको २३८ औं शाखा कार्यालयको समुदघाट्न गर्नुभएको हो ।
उक्त अवसरमा नेपाल सरकारका माननीय उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले सरकारी बैंकले देशकै उच्च हिमाली मानवबस्ती भएको स्थानमा शाखा सञ्चालन गरि बित्तीय पहुंच पुर्याएकोमा बैंकको थप प्रगतिको लागि शुभकामना ब्यक्त गर्नुभयो । बैकको ५ नं.प्रदेश कार्यालय नेपालगञ्जका प्रादेशिक प्रबन्धक आनन्द सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा सुवेदीले बैंकका प्रमुख कार्यकारी अधिकृतको बैंकलाई तोकिएका सबै स्थानीय निकायमा बैंकको पहुंच पुगेको संदेश सम्प्रेषण गर्नुभएको थियो ।

उक्त अवसरमा नेपाल सरकारका माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धन बहादुर बुढा, कर्णाली प्रदेश सरकारका माननीय आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, माननीय सामाजिक बिकासमन्त्री दल राबल, माननीय उद्योग, पर्यटन तथा वाताबरण मन्त्री नन्दसिंह बुढा, कर्णाली प्रदेशसभाका माननीय उपसभामुख पुष्पा घर्ति तथा मा्नीय प्रदेश सांसद बदामी कुमारी बोहोराको उपस्थिति रहेको थियो । त्यसैगरी उक्त कार्यक्रममा नेकपा कर्णाली प्रदेश अध्यक्ष गोरख बहादुर बोगटी, जिल्ला समन्वय समिति प्रमुख शेर बहादुर बुढा, नेकपा केन्द्रीय सदस्य हंश बहादुर शाही, नेपाली काग्रेस सभापति अंगद बहादर बुढा, ढोल्पोबुद्ध गाउपालिका अध्यक्ष तेम्बा गुरुङ, छार्काताङसोङ गाउपालिका अध्यक्ष सेनाङ गुरुङ, काइके गाउपालिका अध्यक्ष अंगद राना, डोल्पोबुद्ध गाउपालिका वडा नं. १ का वडाध्यक्ष ग्याल्पो थापा भोटे, रा.स.स महाप्रबन्धक ओपेन्द्र शर्मा, प्रहरी नायब उपरिक्षक नारायण रंजितकार, उपप्रधान तथा रक्षामन्त्रीज्यूका स्वकीय सचिब लोकेन्द्र के.सी, बैंकका प्रबन्धक होताराम योगी, उपप्रबन्धक लिलाराम ढुंगाना, मुड्केचुला शाखा प्रबन्धक जंगवीर बि.क., सहायक हेमराज बुढा लगायत पत्रकारहरु र सर्व साधारणहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

...

Read More
  • Financial Notices