सिटिजन्स बैंक र नेपाल राष्ट्र बैंकबीच आरटिजीएस प्रणाली सञ्चालन सम्बन्धी सम्झौता


Artha Sarokar 2076-5-29


Artha Sarokar

 

काठमाडौं - सिटिजन्स बैंकले रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली (आरटीजीएस) सुविधा संचालन गरेको छ । सिटिजन्स बैंक र नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागबीच भदौ २२ गते आइतबार आरटिजीएस प्रणाली संचालन सम्बन्धि सम्झौता भएको थियो । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्र र बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

 

राष्ट्र बैंकले “क”वर्गका बैंकहरुलाई भदौ २४ गते मंगलबारदेखि आरटीजीएस प्रणाली लागू गर्न निर्देशन दिएको थियो । बैंकले उक्त प्रणाली संचालनमा ल्याएको हो, सो प्रणाली संचालनमा ल्याउने पहिलो बाणिज्य बैंकको रूपमा सिटिजन्स बैंक रहेको छ ।

 

यससँगै अब बैंकका ग्राहकहरुले नियमअनुसार आरटिजीएस सुविधा उपभोग गर्न सक्नेछन् ।

...

Read More
  • Financial Notices