कन्काईलाई प्राप्ति गरेको प्राइम कमर्सियल बैंकको आजबाट एकीकृत कारोबार सुरु


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
कन्काईलाई प्राप्ति गरेको प्राइम कमर्सियल बैंकको आजबाट एकीकृत कारोबार सुरु

काठमाण्डौ । कन्काई विकास बैंक लिमिटेडलाई प्राप्ति गरेको प्राइम कमर्सियल बैंक लिमिटेडले आज आइतबारदेखि एकीकृत कारोबार सुरु गरेको छ ।

राजधानीमा एक समारोहबीच बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले एकीकृत कारोबारको शुभारम्भ गरे । शुभारम्भ कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धर तथा दुवै बैंकका वित्तीय संस्थाका सञ्चालकहरु बैंकका कर्मचारीहरुको उपस्थिति थियो।

प्राइम बैंकले विभिन्न वित्तीय संस्थाहरुलाई मर्जर/प्राप्तिसमेत गरी आफ्नो पुँजी बढाउने योजनाअन्तर्गत कन्काईलाई प्राप्ति गरेको हो । कन्काईलाई प्रांप्ति गरेपछि बैंकको चुक्ता पुँजी ९ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ भने निक्षेप ८८ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । बैंकको कर्जा प्रवाह भने ८० हजार २८ करोड पुगेको छ ।

प्राप्ति बैंकको देशभर कुल शाखा संख्या ९५ पुगेको छ । 

...

Read More
  • MBL