नेरुडे लघुवित्तको ८७ हजार कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन



Nepali Paisa

 

काठमाडौं  : नेरुडे लघुवित्त वित्तीय संस्थाको ८७ हजार ३०० कित्ता संस्थापक सेयर लिलामी भर्ने आइतबार ( भदौ २९ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । नेरुडेले भदौ २० गतेदेखि संस्थापक सेयर लिलामी खुला गरेको हो ।यसमा कम्पनीका संस्थापक तथा सर्वसाधारण सेयरधनी र अन्य संघसंस्थाहरुले आवेदन दिन पाउनेछन्  ।

नेरुडेले संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २०० रुपैयाँ तोकेको छ । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले उक्त मूल्यलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी बन्नुपर्नेछ ।


लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट, सुन्धारा काठमाडौंबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, प्राइम बैंकको झापा, विराटनगर, वीरगञ्ज, चितवन र नेपालगञ्ज शाखाबाट पनि आवेदन दिन पाइनेछ ।

...

Read More
  • Financial Notices