एन आई सी एशिया बैंककोे नयाँ शाखा बैतडीको पाटनमा


Aarthik News 2076-5-27


Aarthik News

काठमाडौं । एन आई सी एशिया बैंकको नयाँ शाखा बैतडीको पाटनमा सञ्चालनमा आएको छ । बैतडीको पाटन नगरपालिका वडा नं ६ स्थित पाटन शाखा भाद्र २६ गतेदेखि सञ्चालनमा आएको हो ।

बैंकले सञ्चालनमा ल्याएको यस पाटन शाखाकोे उद्घाटन पाटन नगरपालिकाका मेयर केशव बहादुर चन्दले गरेका छन् । पाटन शाखा सञ्चालनमा आएसँगै बैतडी क्षेत्रका ग्राहक महानुभावहरुलाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर २९८ शाखा कार्यालयहरु, ३५५ एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब १८ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।

Read More
  • Financial Notices