नेरुडे लघुवित्तको ८७ हजार कित्ता सेयर लिलामी भर्न अब आइतबारसम्म मात्र मौका


Nepali Paisa 2076-5-26


Nepali Paisa

काठमाडौं : नेरुडे लघुवित्त वित्तीय संस्थाको ८७ हजार ३०० कित्ता संस्थापक सेयर लिलामी भर्ने भदौ २९ गते आइतबार अन्तिम दिन हो । अब बिहीबार सहित यसमा आवेदन दिने जम्मा ३ दिन समय बाँकी छ । नेरुडेले भदौ २० गतेदेखि संस्थापक सेयर लिलामी खुला गरेको हो । । यसमा कम्पनीका संस्थापक तथा सर्वसाधारण सेयरधनी र अन्य संघसंस्थाहरुले आवेदन दिन पाउनेछन् ।

नेरुडेले संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २०० रुपैयाँ तोकेको छ । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले उक्त मूल्यलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी बन्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
 

Read More
  • Financial Notices