सानिमा बैंक : कम्पनी विश्लेषण


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
सानिमा बैंक : कम्पनी विश्लेषण

बैंकले २१ दशमलव शून्य ५२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जस मध्ये १० प्रतिशत बोनस शेयर छ र ११ दशमलव शून्य ५२६ प्रतिशत नगद लाभांश छ । हाल बैंकको चुक्ता पूँजी रू. ८ अर्ब १२ लाख ५५ हजार ४ सय ४० रहेको छ । प्रस्तावित बोनस शेयर वितरणपछि पूँजी रू. ८ अर्ब ८० करोड १३ लाख पुग्नेछ । बैंकको वितरणयोग्य नाफा रू. १ अर्ब ६२ करोड ५६ लाख ९३ हजार छ भने रू. २ अर्ब २४ करोड ३३ लाख खुद नाफा गरेको छ । अघिल्लो आवमा रू. १ अर्ब ६९ करोड ७५ लाख खुद नाफा गरेको थियो । सो आवमा बैंकले शेयरधनीहरूलाई १४ प्रतिशत नगद लाभांश दिएको थियो । बैंकले १० प्रतिशत ब्याजदरमा २०८५ सालसम्मका लागि ऋणपत्र जारी गरेको थियो । बुधवार बैंकको शेयरमूल्य अघिल्लो दिनको तुलानमा २ अंक बढेर रू. ३५४ कायम भएको छ ।

कम्पनीको ६६ दिनको कारोबार अवधिको अन्तिम दिनमा लामो शरीर भएको सेतो मारोबोजु आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयर मूल्य आगामी दिनमा बढ्ने संकेत देखाउँछ । आरएसआई न्युट्रल जोन ५४ दशमलव ८६ विन्दुमा छ । यसले शेयर किनबेच चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १ दशमलव ७४ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग जोडिएका छन् । हालको मूल्यरेखा यी दुवै रेखाभन्दा माथि रहेको छ । यस दिन कम्पनीको शेयरमूल्य थोरै घटेमा भए तीनओटै रेखा जोडिने थिए । बुधवारको शेयरमूल्य रू. ३५४ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ३५५ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ३५० मा टेवा पाउने देखिन्छ ।

Read More
  • MBL