प्राइमले किन्यो कन्काई : आइतबारबाट एकीकृत कारोबार हुँदै


Nepali Paisa 2076-5-26


Nepali Paisa

काठमाडौं : प्राइम कमर्सियल बैंक र कन्काई विकास बैंकबीच एक्विजिसन प्रक्रिया सम्पन्न भएको छ । प्राइमले कन्काईलाई खरिद गरी आइतबार (भदौ २९ गते) बाट एकीकृत कारोबार समेत सुरु गर्ने भएको छ । प्राइम र कन्काई १००ः७१.५ सेयर स्वापमा एक भएका हुन् । अब प्राइम कमर्सियल बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु हुनेछ ।

प्राइम र कन्काईको संयुक्त निवेदनपछि राष्ट्र बैंकले भदौ १५ गते तथा कम्पनी रजिष्ट्रारको कार्यालयले भदौ २५ गते एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिएका थिए । यी दुई बैंकको साउन २२ गते सम्पन्न विशेष साधारण सभाबाट एक्विजिसन सम्बन्धी विशेष प्रस्ताव पारित गरेका थिए । एक्विजिसन पश्चात बैंकको केन्द्रीय कार्यालय हाल प्राइम कमर्सियलको कमलपोखरी स्थित केन्द्रीय कार्यालयमा नै रहनेछ । 
 ...

Read More
  • Financial Notices