विकास बैंक र वित्त कम्पनीले पनि म्यूच्यूअल फण्ड सञ्चालन गर्न पाउने


Karobar Daily 2076-5-25


Karobar Daily

सामुहिक लगानी कोष सञ्चालनमा वाणिज्य बैंकको एकाधिकार तोडिने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार एकीकृत निर्देशिका जारी गर्दै विकास बैंक र वित्त कम्पनीलाई पनि सामुहिक लगानी कोष सञ्चालन गर्न दिने भएको हो ।
एक अर्ब भन्दा धेरै चुक्ता पूँजी वित्तीय कारोबार गर्ने संगठित संस्थाले स्थापना भएको ५ वर्ष पूरा भएपछि मात्र सामुहिक लगानी कोष सञ्चालन गर्ने व्यवस्था छ । सो अनुसार यसअघि नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई मात्र सञ्चालन गर्न अनुमति दिएकोमा अबदेखि विकास बैंक र फाइनान्स कम्पनीले पनि सञ्चालन गर्नेछन् ।

पछिल्लो समय वाणिज्य बैंकको ८ अर्ब, विकास बैंकको कार्यक्षेत्र अनुसार ५ करोड देखि २ अर्ब ५० करोडसम्म र फाइनान्स कम्पनीलाई ४० करोडदेखि ८० करोड रुपैयाँसम्म पु-याएका छन् । यो पूँजी संरचना अनुसार सबै वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकले सामुहिक लगानी कोष सञ्चालन गर्न सक्छन् ।
त्यसो त सामुहिक लगानी कोष योजना सञ्चालन गर्न चाहने बैंक तथा वित्तीय संस्थाले चुक्ता पूँजी एक अर्ब भन्दा बढी पु-याएको खण्डमा पनि पाउने अवस्था छ ।
त्यसैगरी केन्द्रीय बैंकले चेक बाउन्सको सन्दर्भमा पनि थप कडा बनेको छ । केन्द्रीय बैंकले ब्यालेन्स नभएको खाताको चेक काटे र चेकमा हस्ताक्षर नमिले कारबाहीको गर्ने व्यवस्था गरेको छ ।
केन्द्रीय बैंकले कालो सूचीमा समावेश भएका व्यक्ति, फर्म, कम्पनी, संस्थाले बैंक तथा वित्तीय संस्थामा खाता (कल खातासमेत) खोल्न नपाउने व्यवस्था गरेको छ । साथै कालो सूचीमा रहेको व्यक्ति, फर्म, कम्पनी वा संस्थाको कायम रहेको खातामा रकम जम्मा गर्न बाहेक अन्य बैकिङ्ग कारोबार गर्न नपाइने निर्देशनमा उल्लेख छ ।

Read More
  • Financial Notices