३.४६ अंक घट्यो नेप्से, कारोबार रकम ४३.६१% बढेर ३४ करोड


Aarthik Abhiyan 2076-5-25


Aarthik Abhiyan

भदौ २५, काठमाडौं । बुधवार नेप्से परिसूचक ३ दशमलव ४६ अंक घटेर १ हजार १६३ दशमलव २१ विन्दुमा आइपुगेको छ । १ हजार १६६ दशमलव ६८ विन्दुबाट शुरु भएको परिसूचक कारोबारको पहिलो घण्टामा घटेर १ हजार १६२ दशमलव ६२ विन्दुसम्म आएको थियो । यसपछि उकालो लाग्न थालेको नेप्से परिसूचक कारोबारको तेस्रो घण्टाको शुरुआततिर यस दिनकै उच्च विन्दु १ हजार १६८ दशमलव शून्य ६ विन्दुमा पुगेपछि पुनः घट्न थालेको थियो । अन्त्यमा यस दिनको परिसूचक गत कारोबार दिनको तुलनामा शून्य दशमलव ३० प्रतिशत घटेर बजार बन्द भएको छ ।

यस दिन कारोबारमा आएका १२ समूहमध्ये म्युचुअल फन्ड समूहको परिसूचक बाहेक बाँकी सबै समूहको परिसूचक घटेर बन्द हुँदा समग्र नेप्से परिसूचक घट्न पुगेको हो । यस दिनको कारोबारमा म्युचुअल फन्ड समूहको परिसूचक शून्य दशमलव २ प्रतिशत बढेर बन्द भएको छ भने सर्वाधिक घटेर कारोबार हुनेमा होटल समूहको परिसूचक १ दशमलव ८ प्रतिशत घटेको छ । निर्जीवन बीमा समूहको परिसूचक १ दशमलव शून्य ९ प्रतिशत घटेको छ । यस्तै, बैंकिङ, व्यापार, विकास बैंक, जलविद्युत्, वित्त, उत्पादन तथा प्रशोधन, ‘अन्य’, लघुवित्त र जीवन बीमा समूहको परिसूचक १ प्रतिशतभन्दा कम घटेको छ ।

बुधवारको कारोबार

बुधवार रू. ३४ करोड १७ लाख बराबरको शेयर कारोबार भएको छ । यो अघिल्लो कारोबार दिनको तुलनामा ४३ दशमलव ६१ प्रतिशत बढेको हो । गत कारोबार दिन मंगलवार रू. २३ करोड ७९ लाख रकम बराबरको कारोबार भएको थियो । सेन्सेटिभ इन्डेक्स यस दिन शून्य दशमलव ७९ अंक घटेर २५४ दशमलव ७८ विन्दुमा बन्द भएको छ ।

....

Read More
  • Financial Notices