एनआईसी एशिया बैंकको ‘सुपर चमत्कारीक तलव बचत खाता’ योजना, ६० लाखसम्मको दुर्घटना बिमा


Rato Pati 2076-5-25


Rato Pati

काठमाडौं– एनआईसी एशिया बैंकले कर्मचारी लक्षित ‘सुपर चमत्कारीक तलव बचत खाता’ योजना सार्वजनिक गरेको छ । 

कर्मचारीहरुको मासिक तलब बचत गर्न उत्प्रेरित गर्ने उद्देश्यले बैंकले तलब खाता संचालनमा ल्याएको छ । ‘सुपर चमत्कारीक तलव बचत खाता’ शून्य मौज्दातमा खोल्न सकिने छ । बैंकले ६.५० प्रतिशत ब्याजदरमा उक्त बचत खाता योजना ल्याएको हो । जसअन्तर्गत कम्तीमा पनि ५ जना कर्मचारी कार्यरत संस्था वा कम्पनीले यो योजनामा सहभागिता जनाउन सक्नेछन् ।

शून्य मौज्दातमा नै खाता खोल्न सकिने यो योजनामा तलवको भने कुनै सिमा तोकिएको छैन । कर्मचारीलाई कारोबार अवधिभरको लागि निःशुल्क इन्टरनेट बैंकिङ्गको सुविधा प्रदान गरेको बैंकले जनाएको छ । 

त्यसैगरी, मोबाईल बैकिङ्ग, डेबिट तथा क्रेडिट कार्डको सुविधामा पहिलो वर्ष निःशुल्क बनाएको छ । डीम्याट खाता पनि निःशुल्क खोल्न सकिने व्यवस्था बैंकले गरेको छ । त्यसैगरी यो योजनामा सी–आस्वा र लकरको सुविधा पनि लिन सकिन्छ ।

तलब खाता खोल्दा इन्स्योरेन्स सुविधा

एनआईसी एशिया बैंकले ‘सुपर चमत्कारीक तलव बचत खाता’ खोल्ने आफ्ना ग्राहकलाई इन्स्योरेन्सको सुविधा पनि प्रदान गरेको छ । 

दुर्घटना बिमा अन्तर्गत ६० लाखसम्मको बिमा सेवा प्रदान गर्ने बैंकले जनाएको छ । दुर्घटना बिमा अन्तर्गत बिमितको सम्पूर्ण परिवारको लागि ६० लाख सम्मको बिमा सेवा प्रदान गर्ने बैंकले जनाएको छ । 

त्यसैगरी, गम्भिर प्रकारको विरामी भएमा दम्पतीलाई २० लाख सम्मको बिमा सेवा दिने बैंकको योजनामा उल्लेख गरेको छ । बैंकले मेडिकल बिमा तर्फ परिवारको सम्पूण सदस्यका लागि १ लाख ५० हजारको बिमा सेवा प्रदान गर्ने योजना अगाडी सारेको छ । 

अन्य विशेषता 

...

Read More
  • Financial Notices