एनआइसी एसियाको २१.०५२% लाभांश पाउन यसकारण बिहीबारसम्म सेयरधनी बनिसक्नुपर्ने


Nepali Paisa 2076-5-23


Nepali Paisa

काठमाडौं : एनआइसी एसिया बैंकको २१.०५२% लाभांश पाउन बिहीबारसम्म (भदौ २६ गते) सेयरधनी बनिसक्नुपर्ने भएको छ । बैंकले साधारण सभा प्रयोजनका लागि भदौ २९ गते आइतबारदेखि असोज १० गतेसम्म बुक क्लोज गर्दैछ । यसर्थ, भदौ २८ गतेसम्म कायम सेयरधनीले यो लाभांश पाउन सक्ने भए पनि यस दिन शनिबार परेको छ । २७ गते शुक्रबार पनि सेयर कारोबार नहुने भएकाले बिहीबारभित्र सेयरधनी बनिसक्नुपर्ने हुन्छ । 

एनआइसी एसियाले  असोज १० गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा बैंकले २१.०५२% लाभांश पारित गर्ने प्रस्ताव पेश गर्दैछ । बैंकले गत वर्षको नाफाबाट ११.०५२६% नगद र १०% बोनस सेयर गरी कुल २१.०५२% लाभांश दिन लागेको हो । सभा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ । 

Read More
  • Financial Notices