केन्द्रीय बैंकले आन्तरिक स्रोत परिचालन गर्न ४ अर्बको ट्रेजरी बिल जारी गर्दै


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
केन्द्रीय बैंकले आन्तरिक स्रोत परिचालन गर्न ४ अर्बको ट्रेजरी बिल जारी गर्दै

काठमाडौं : नेपाल राष्ट्र बैंकले ४ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने ट्रेजरी बिलका लागि आज (सोमबार) अपराह्न ३ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले ९१ दिनको लागि २ अर्ब २६ करोड रुपैयाँको बिल जारी गर्न लागेको छ । यो ट्रेजरी २०७६ साल मंसिर २४ गते परिपक्व हुनेछ ।

त्यस्तै, १ वर्ष अवधिका लागि जारी हुने २ अर्ब रुपैयाँको ट्रेजरी २०७७ भदौ २३ गते परिपक्क हुनेछ । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।

Read More
  • MBL