नवलपरासीको सुस्तामा कामना सेवाकोे ९९ औं शाखा


Rato Pati 2076-5-22


Rato Pati

काठमाडौं– कामना सेवा विकास बैंक लिमिटेडले नवलपरासीमा रहेको सुस्ता गाउँपालिका वडा नं. ०१ स्थित बरुवामा आफ्नो ९९औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । 

कारोबार शुभारम्भ समारोहमा सुस्ता गाउँपालिकाका उपाध्यक्ष इन्द्र कुमारी थरुनी, वडा अध्यक्ष अशोक कुमार चौधरी, बैंकका नायब महाप्रबन्धक हरि प्रसाद लम्साल लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो । 

यस बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको जानकारी गराइएको थियो ।

Read More
  • Financial Notices