देवः सँग विलय हुनै लागेको सहारा एकाएक किन भाग्यो ?


Nepali Paisa 2076-5-20


Nepali Paisa

काठमाडौं : देवः विकास बैंकमा विलय हुन तयारी गरेको सहारा विकास बैंक एकाएक पछि हटेको छ । लामो समयदेखि देवः सँग एक्वायर हुने भनेर हल्ला गरिए पनि अन्ततः सहाराले देवः सँग विलय नहुने भन्दै राष्ट्र बैंकमा पत्र थमाएको छ । साहरा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत विनय कुमार साहले देवःसँग गरिएको एक्वायर सम्झौता भंग गरिएको पत्र नियामक राष्ट्र बैंकलाई पठाइसकिएको नेपाली पैसालाई बताए । 

उनले गत माघमा भएको सातौं वार्षिक साधारण सभाले नै देवः सँग एक्वार हुने प्रस्ताव अनुमोदन गरेको थिएन । त्यससँगै सो प्रकृया रद्ध भएको बताए । ‘अब हाम्रो मुख्य लक्ष्य भनेको २ नम्बर प्रदेश अन्तर्गतका बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्वायर गर्ने हो,’ उनले भने । गत माघ २३ गते सम्पन्न साधारण सभाले पनि बैंकलाई प्रदेश स्तरको संस्थाका  रुपमा अघि बढाउने  निर्णय गरेको थियो । सोही कारण काठमाडौंमा केन्द्रीय कार्यालय रहेको देवः सँग एक्वार प्रकृया अघि नबढेको सीइओ साहले बताए । 

Read More
  • Financial Notices