३० क्वीन्टल चाँदी बिक्री गर्दै राष्ट्र बैंक


Annapurna Post 2076-5-19


Annapurna Post

काठमाडौं : नेपाल राष्ट्र बैंकले मुद्रा व्यवस्थापन विभागले ३ क्वीन्टल चाँदी बिक्री गर्न लागेको छ। मुद्रा व्यवस्थापन विभागको टक्सार महाशाखाले बिहीबार विज्ञापन गर्दै चाँदी किन्न इच्छुकले सम्पर्क गर्न आह्वान गरेको हो। 

‘यस महाशाखामा रहेका ९९५ र सो भन्दा कम टच भएका करिब ३ हजार किलोग्राम चाँदी जे जस्तो अवस्थामा छन् सोही अवस्थामा देहायको प्रक्रियाबोमोजिम बिक्री गरिने भएको छ’, महाशाखाको विज्ञापनमा भनिएको छ, ‘इच्छुक व्यक्ति-व्यवसायिक फर्महरुले उपलब्ध परिमाणमध्ये आफूले चाहेको परिमाण खरिदका लागि यस महाशाखामा सम्पर्क गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ।’

Read More
  • Financial Notices