नेपाल इन्भेस्टमेन्ट बैंकको सेलपेसँग सहकार्य, भुक्तानी गर्दा क्यास ब्याक


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल इन्भेस्टमेन्ट बैंकको सेलपेसँग सहकार्य, भुक्तानी गर्दा क्यास ब्याक

काठमाडौं– नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले डिजिटल भुक्तानी र रकम स्थान्तान्तरण सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ । 

नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँगको सहकार्य सम्झौतामा नेपाल इन्मेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे र आईएमएस ग्रुपका प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्राले हस्ताक्षर गरे ।

नेपाल इन्भेस्टमेन्ट बैंकका ग्राहकहरूले सेलपे एकाउन्टमा आफ्नो खाता आवद्ध तुल्याउनेवित्तीकै १०० को मोबाइल रिचार्ज (टप–अप) पाउने सेलपेमार्फत बिलहरूको भुक्तानी गर्दा आकर्षक नगद फिर्ता (क्यास ब्याक अफर) पनि पाउने प्रेस विज्ञप्तिमा उल्लेख छ । 

सेलपे, सेलकमद्वारा सञ्चालित नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो, जसले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खाताबाट डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थान्तन्तरण सेवा प्रदान गर्छ । 

Read More
  • MBL - below news