प्राइम लाइफको बोनस घोषणा : विशेष साधारण सभा बोलाएर अनुमोदन गरिंदै


Nepali Paisa 2076-5-19


Nepali Paisa

काठमाडौं : प्राइम लाइफ इन्सुरेन्सले १२.५% बोनस सेयर दिने निर्णय गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट १२.५% बोनस सेयर दिने निर्णय गरेको हो । कर तिर्न नगद लाभांश पनि दिनेछ । लाभांश अनुमोदन गर्न कम्पनीले असोज ७ गते विशेष साधारण सभा समेत बोलाएको छ ।

सामान्यतयः लाभांश प्रस्ताव वार्षिक साधारण सभाबाट अनुमोदन गरिने भए पनि प्राइमले भने विशेष साधारण सभामार्फत अनुमोदन गर्ने भनेको छ । नियामकीय प्रावधान अनुसार चुक्ता पुँजी पुर्याउन कम्पनीले हतारमा विशेष सभामार्फत लाभांश अनुमोदन गर्न खोजेको देखिन्छ । यस इन्सुरेन्सले २२ करोड ३१ लख ४ हजार ३७५ रुपैयाँ बरारबरको बोनस वितरण गर्नेछ ।

Read More
  • Financial Notices