ग्लोबल आइएमईमा गाभियाे हाथवे, एकीकृत कारोबार सुरू


Online Khabar 2076-5-18


Online Khabar

८ भदौ, काठमाडौं । ग्लोबल आइएमई बैंकले हाथवे फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति(एक्विजिशन) गरी बुधबारदेखि एकिकृत वित्तीय कारोबार सुरु गरेको छ । धरानमा आज आयोजित एक समारोहमा धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले एकिकृत वित्तीय कारोबारको औपचारिक शुभारम्भ गरिन् ।

कार्यक्रममा बोल्दै मेयर भण्डारीले बैंकहरु एकिकृत भई सबल हुँदा मुलुकको आर्थिक विकासमा सकारात्मक प्रभाव पर्ने बताइन् ।

बैंक मर्जरमा गएर व्यवस्थित र बलियो बन्दै देशभर शाखा विस्तार हुँदा जनतालाई वित्तीय कारोबार गर्न सहज हुने बताउँदै उहाँले यसलाई सकारात्मक रुपमा लिन आग्रह गरिन् ।

नेपाल राष्ट्र बैंक, क्षेत्रीय कार्यालय, विराटनगरका निर्देशक रोशन कुमार सिग्देलले बैंकहरु जनताको पूँजीबाट सञ्चालन हुने भएकाले जनताको पूँजीको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरे ।

उनले बैंक तथा वित्तीय संस्थाको मर्जर तथा एक्विजिशनले जनताको पूँजीलाई सदुपयोग गर्दै आर्थिक विकासमा सहयोग पुग्ने अपेक्षा गरे । उनले वित्तीय संस्थाहरु मर्जरतथा एक्विजिशनमा जाँदा कर्मचारीको काम गर्ने शैली तथा वातावरण फरक पर्ने हुनाले कर्मचारी व्यवस्थापन लगायतका पक्षहरुमा विशेष ध्यान दिनुपर्ने बताए ।

...

Read More
  • Financial Notices