प्रभु बैंकको मध्य–बानेश्वर शाखा नयाँ बानेश्वर स्थानान्तरण


Mero Lagani 2076-5-17


Mero Lagani

प्रभु बैंकको काठमाण्डौं जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. १०, मध्य–बानेश्वरमा अवस्थित रहेको शाखा कार्यालय का.जि.का.मन.पा. वडा नं. ३१, नयाँ बानेश्वरमा स्थानान्तरण गरी भदौ १५ गतेदेखि सोही स्थानबाट कारोबार शुरु गरिएको छ।

उक्त स्थानान्तरण गरिएको शाखाको उद्घाटन नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले गरेका थिए।

स्थानान्तरण भई सञ्चालनमाआएको बैंकको नयाँ बानेश्वर शाखा कार्यालयबाट यस क्षेत्रका संघ संस्था, सर्वसाधारणहरु, उद्योगी, व्यापारी तथाव्यवसायीहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने विश्वास बैंकले लिएको जनाएको छ ।

Read More
  • Financial Notices