सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीमको ३ लाख २ हजार ९११ कित्ता सेयर लिलामी खुला


Nepali Paisa 2076-5-16


Nepali Paisa

काठमाडौं : सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीमले आफ्नो स्वामित्वमा रहेको ३ लाख २ हजार ९११ कित्ता सेयर तथा डिबेन्चर सोमबार (भदौ १६ गते) बिक्री खुला गरेको छ । सिद्धार्थले १६ कम्पनीको सेयर र ३ कम्पनीको डिबेन्चर बिक्री खुला गरेको हो । इक्विटी ओरियन्टेड स्कीम साउन ६ गते परिपक्क भइसकेकाले योजना खारेजीमा लैजान सेयर लिलामीमा ल्याइएको हो ।
 
फन्डले लिलामीमा ल्याएको सेयरमध्ये सबैभन्दा धेरै युनिभर्सल पावर कम्पनीको ६७ हजार ४८० कित्ता रहेको छ । त्यसैगरी, ग्लोबल आइएमई बैंकको पनि ६५ हजार ९७७ कित्ता सेयर रहेको छ । लिलामीमा सर्वसाधारण व्यक्ति, फर्म, कम्पनी र संस्थाहरुले सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल काठमाडौंबाट आवेदन दिन सकिनेछन् । 

Read More
  • Financial Notices