सिभिल बैंकको १२ लाख ८२ हजार कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन


Nepali Paisa 2076-5-16


Nepali Paisa

काठमाडौं : सिभिल बैंकको १२ लाख ८२ हजार ८८१ कित्ता संस्थापक सेयर लिलामी भर्ने सोमबार (भदौ १६ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । बैंकले भदौ २ गतेदेखि ५ जना संस्थापक सेयरधनीको सेयर जोडेर एकैपटक लिलामी बिक्री खुला गरेको हो । बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनी, व्यक्ति, कम्पनी तथा संघ–संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

संस्थापक समूहको यो सेयर सर्वसाधारणले पनि किन्न पाउनेछन् । यसमा न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । सिभिल क्यापिटल मार्केट सुन्धारा, काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । लिलामी सेयरको आवेदन मंगलबार (भदौ १७ गते) बिहान ११ बजे सिभिल क्यापिटलको कार्यालय सुन्धारामा ११ बजे खोलिनेछ ।

Read More
  • Financial Notices