प्रिमियर इन्स्योरेन्स : कम्पनी विश्लेषण


Aarthik Abhiyan 2076-5-16


Aarthik Abhiyan

प्रिमियर इन्स्योरेन्सले ८४ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा भदौ ९ गते सूचीकृत गराएको छ । यस कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट शेयरधनीलाई ८४ प्रतिशत बोनस शेयर वितरण गरेको छ । प्रिमियर इन्स्योरेन्सले गत आव २०७५/७६ मा रू. २४ करोड ५६ लाख २३ हजार खुद नाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आव २०७४/०७५ मा रू. १६ करोड ७८ लाख नाफा कमाएको थियो । अघिल्लो आवको तुलनामा ४६ दशमलव ३१ प्रतिशत नाफा बढेको हो ।  कम्पनीको जगेडा कोषमा रू. १५ करोड ७३ लाख छ । यस अवधिमा कम्पनीले रू. १ अर्ब ६४ करोड ९८ लाख ९५ हजार बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले गतवर्ष ७ हजार १९७ बीमालेख जारी गरेको छ । यस कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक रू. २२ दशमलव ८६ छ । आइतवारको कारोबारमा कम्पनीको अन्तिम शेयरमूल्य १३ अंक घटेर रू. ३९७ कायम भएको छ ।

Read More
  • Financial Notices