नेपाल लाइफ इन्स्योरेन्स : कम्पनी विश्लेषण


Aarthik Abhiyan 2076-5-15


Aarthik Abhiyan

कम्पनीले गत आव २०७५/७६ मा रू. ५२ करोड ३२ लाख नाफा कमाएको छ । कम्पनीले अघिल्लो आवमा रू. ४७ करोड ९३ लाख नाफा कमाएको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको नाफा ९ दशमलव १७ प्रतिशत बढेको छ । कम्पनीले कुल बीमा कोषमा रू. ६५ अर्ब ३६ करोड छ । कम्पनीले कुल रू. २३ अर्ब ११ लाख बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले रू. १६ अर्ब १७ करोड बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा बीमा शुल्क आर्जन ४२ दशमलव ८७ प्रतिशत बढी हो । कम्पनीको कुल बीमालेख संख्या १२ लाख ८० हजार ६३६ छ । कम्पनीले ४९ हजार ६९७ जनालाई रू. ७ अर्ब ५९ करोड ३० लाख कुल दाबी भुक्तानी गरेको छ । अघिल्लो आवमा रू. ४ अर्ब ३९ करोड रहेको कम्पनीको चुक्ता पूँजी गत आवमा रू. ५ अर्ब ४९ करोड पुगेको छ । कम्पनीले अघिल्लो आवको नाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र २३ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

Read More
  • Financial Notices