नेरुडे लघुवित्त वित्तीय संस्थाले २०.७९% लाभांश दिंदै, बोनस र नगद कति ?



Artha Sarokar

 

काठमाडौं - नेरुडे लघुवित्त वित्तीय संस्थाले २०.७९% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट १५% बोनस सेयर र ५.७९% नगद लाभांश दिने निर्णय गरेको हो । 

 

कम्पनीले ५ करोड ९६ लाख ४७ हजार ५० रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । कर, तिर्न २ करोड ३० लाख २१ हजार ६६८ रुपैयाँ नगद बाँड्नेछ । हाल यस लघुवित्तको चुक्ता पुँजी ३९ करोड ७६ लाख ४७ हजार रुपैयाँ रहेको छ । १५% बोनसपछि पुँजी ४५ करोड ७२ लाख ९४ हजार ५० रुपैयाँ पुग्नेछ । 

Read More
  • Financial Notices