एनआइबीएल सहभागिताको सूचीकृत सेयरमा ३ करोड ४२ लाख लगानी ,खुद सम्पति मूल्य कति ?


  • Prabhu Bank Limited (PRVU)
एनआइबीएल सहभागिताको सूचीकृत सेयरमा ३ करोड ४२ लाख लगानी ,खुद सम्पति मूल्य कति ?

एनआइबीएल सहभागिता फन्डको प्रतिइकाई खुद सम्पति मूल्य साउन मसान्तसम्म आइपुग्दा ९ रुपैयाँ ९५ पैसा कायम भएको.छ । यो अघिल्लो महिनाको तुलनामा १ पैसाले मात्र कम हो । असार मसान्तमा यसको खुद सम्पत्ति मूल्य ९ रुपैयाँ ९६ पैसा रहेको थियो । 
 

यो फन्डले साउन मसान्तसम्म सूचीकृत सेयरमा लगानी बढाएर ३ करोड ४२ लाख ३ हजार ६२४ रुपैयाँ पुर्याएको छ । यसको बैंक मौज्दात भने १७ करोड ९२ लाख २४ हजार ५४३ रुपैयाँबाट घटेर १४ करोड ३२ लाख ८३ हजार रुपैयाँ कायम भएको छ । 
 

यस अवधिसम्म आइपुग्दा फन्डले विभिन्न समूह गरी ३१ कम्पनीमा लगानी गरेको छ । फन्डको सबैभन्दा धेरै लगानी वाणिज्य बैंक समूहमा रहेको छ । यसले कूल ११ वाणिज्य बैंकमा १ करोड ४३ लाख १५ हजार ९३९ रुपैयाँ लगानी गरेको छ ।

Read More