ग्लोबल समुन्नत योजनाको न्याभ १६ पैसाले घट्यो, कति छ सेयरमा लगानी ?


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
ग्लोबल समुन्नत योजनाको न्याभ १६ पैसाले घट्यो, कति छ सेयरमा लगानी ?

काठमाडौं : ग्लोबल आइएमई समुन्नत योजना–१ को साउन महिनामा प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) १६ पैसाले घटेर ८ रुपैयाँ ७६ पैसामा आएको छ । असारमा यसको प्रतिइकाई खुद सम्पति मूल्य ९ रुपैयाँ ९२ पैसा रहेको थियो ।

यस योजनाको खुद सम्पति मूल्य पनि १ करोड ५८ लाख ३१ हजार ९८९ रुपैयाँ घटेर ८७ करोड ५७ लाख ४५ हजार ७१५ रुपैयाँ पुगेको छ । असार महिनामा यसको खुद सम्पत्ति मूल्य ८९ करोड १५ लाख ७७ हजार ७०४ रुपैयाँ रहेको थियो ।
 
साउन महिनाको अवधिमा यस फन्डको बैंक मौज्दात पनि घटेर १६ लाख २५ हजार ४५८ रुपैयाँमा सिमित भएको छ । असारसम्ममा यसको बैंक मौज्दातमा ५१ लाख १ हजार २५४ रुपैयाँ रहेको थियो । समुन्नत योजनाको जम्मा जारी इकाई १० करोड रहेको छ । यस योजनाले साउन मसान्त सम्ममा ८१ करोड ३१ लाख ६२ हजार ६५ रुपैयाँ बराबरको सूचीकृत सेयरमा लगानी गरेको छ ।

Read More
  • MBL