एनएलजीले असोज ८ मा बोलायो एजीएम, ६०% हकप्रद आउँदै


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
एनएलजीले असोज ८ मा बोलायो एजीएम, ६०% हकप्रद आउँदै

काठमाडौं  : एजएलजी इन्सुरेन्सले असोज ८ गते १३ औं वार्षिक साधारण सभा डाकेको छ । तर, एनएलजीले आर्थिक वर्ष २०७४ र ७५ को नाफाबाट सेयरधनीलाई कुनै लाभांश वितरण नगर्ने भएको छ । यसर्थ, कम्पनीले लाभांश सम्बन्धी कुनै एजेन्डा सभामा पेश गर्ने छैन ।
 
बिमा कम्पनीले नियमनकारी निकायले गरेको व्यवस्था अनुसार एनएफआरएस पद्धतिबाट वित्तीय विवरण तयार पार्दा जगेडा कोष तथा अन्य व्यवस्थाहरु कायम गर्नुपर्ने भएकाले आर्थिक वर्ष २०७४ र ७५ को नाफाबाट लगानीकर्तालाई लाभांश वितरण गर्न नसकिएको कम्पनीले जनाएको छ ।

साधारण सभा आम्रपाली ब्यांकेट, थिरबम सडक बालुवाटार काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७४र७५ को वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि छ । त्यस्तै, लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।
 
सभा प्रयोजनका लागि एनएलजीले भदौ  २५ गते बुक क्लोज गर्नेछ । यस आधारमा भदौ २४ गतेसम्म कायम सेयरधनी मात्र सभामा भाग लिन सक्नेछन् ।

Read More
  • EBL