४७ दिनदेखि ठप्प रहेको नाडेप लघुवित्तको वित्तीय कारोबार सुरु !


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
४७ दिनदेखि ठप्प रहेको नाडेप लघुवित्तको वित्तीय कारोबार सुरु !

काठमाडौँ । नाडेप लघुवित्त वित्तीय संस्थाको वित्तीय कारोबार ४७ दिनपछि सुरु भएको छ । संस्थाको गत असार २२ गते कर्मचारीले आन्दोलन गरेपछि वित्तीय कारोबार बन्द भएको थियो । तलब वृद्धि, बिमा लगायतका माग राख्दै संस्थाका कर्मचारीहरु आन्दोलित थिए ।
संचालनमा रहेका ८० वटा शाखा मध्ये ५० वटा शाखाको सम्पूर्ण कारोबार ठप्प भएको हो । आन्दोलनमा रहेका कर्मचारीहरुसंग सहमति गरेसंगे संस्थाको कारोबार भदौ ५ गतेदेखि सुरु भएको छ । यस्तै कारोबार ठप्प भएका कारणले कम्पनीको गत आर्थिक बर्षको क्लोजिङ समेत नभएको बताइको छ ।

Read More
  • EBL