सिभिल बैंकद्वारा सहयोग प्रदान


Kantipur Daily 2076-5-13


Kantipur Daily

समृद्धिको लागिसिभिल बैंक भन्ने नारा सहित अगाडी बढी रहेको सिभिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ तथा चर्चित हाँस्यकलाकार एवं प्रस्तोता सन्दिप क्षेत्री केहि समय अघि प्रशारण भएको को बन्छ करोडपति ? 
टिभि कार्यक्रममा सहभागी भएका थिए । सो कार्यक्रममा १ लाख ६० हजार करसहित)नगद पुरस्कार जितेका उनले सो रकममा थप गरी जम्मा तीनलाख पु-याई गतवर्ष आएको हावा–हूण्डरी प्रभावित विद्यालयको संरचना मर्मत गर्नको लागी प्रदान गरिने वाचा गरे ।
विहीबार एक कार्यक्रमकाविच पर्सा, खुतुवा पर्र्सौनीको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई विद्यालय भवनको छत मर्मतको लागि सो रकम हस्तान्तरण गरेको बैकले जनायो । सो रकम सिभिल बैंकका प्रमुख माईक्रो बैकिंग, युवराज गुरागाईंले विद्यालयका प्रधान अध्यापक रामेश्वर प्रसाद यादवलाई हस्तान्तरण गरेका छन् ।

Read More
  • Financial Notices