एनएलजी इन्स्योरेन्सको साधारण सभा आह्वान, शेयरधनीलनाई छैन लाभांश


Mero Lagani 2076-5-13


Mero Lagani

एनएलजी इन्स्योरेन्सले  बिना लाभांश १३ औं वार्षिक साधारण सभा बोलाएको छ । इन्स्योरेन्स संचालक समितिको २८६ औं बैठकले असोज ८ गते बिहान ११ बजे आम्रपाली ब्याङ्केट, बालुवाटार काठमाडौंमा साधारण सभा बोलाएको हो।

इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा २४ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाए पनि जगेडा तथा व्यवस्थाहरु कायम गर्नुपर्ने भएपछि लाभांश वितरण नगर्ने भएको हो ।

बीमा समितिको निर्देशन बमोजिम नेपाल वित्तीय विवरण प्रतिवेदनमान प्रणाली (एनएफआरएस) बमोजिम वित्तीय विवरण तयार गर्दा नियमनकारी प्रावधान अनुसार जगेडा तथा व्यवस्थाहरु कामय गर्नुपर्ने भएको हुदाँ बोनस तथा नगद लाभांश वितरण नगर्ने भएको इन्स्योरेन्सले जनाएको छ ।

Read More
  • Financial Notices