नबिल बैंक : कम्पनी विश्लेषण


Aarthik Abhiyan 2076-5-12


Aarthik Abhiyan

नबिल बैंक लिमिटेडले गत आव २०७५/७६ मा रू. ४ अर्ब २९ करोड ४१ लाख ८१ हजार खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आव २०७४/०७५ मा रू. ३ अर्ब ९८ करोड १८ लाख ९३ हजार थियो । गत आवमा बैंकको वितरणयोग्य नाफा रू. ३ अर्ब १८ करोड ४६ लाख ३९ हजार छ । यो नाफाबाट बैंकले लगानीकर्ताका लागि लाभांश बाँडफाँट गर्न सक्छ । हाल बैंकको चुक्ता पूँजी रू. ९ अर्ब १ करोड छ भने जगेडा कोषमा रू. ९ अर्ब ३३ करोड जम्मा भएको छ । अघिल्लो वर्षभन्दा गतवर्ष बैंकले २१ प्रतिशत बढी रू. १ खर्ब ६४ अर्ब निक्षेप संकलन गरेको छ भने रू. १ खर्ब २९ अर्ब कर्जा प्रवाह गरेको छ । बैंकको निष्क्रिय कर्जा शून्य दशमलव ७४ प्रतिशत छ । बुधवारको कारोबारमा बैंकको अन्तिम शेयरमूल्य ८ अंक घटेर रू. ७७० कायम भएको छ ।

Read More
  • Financial Notices