सिभिल बैंकको १२ लाख ८२ हजार कित्ता सेयर लिलामी भर्ने सोमबार अन्तिम दिन


Nepali Paisa 2076-5-12


Nepali Paisa

काठमाडौं : सिभिल बैंकको १२ लाख ८२ हजार ८८१ कित्ता संस्थापक सेयर लिलामी भर्ने म्याद सोमबार (भदौ १६ गते) सकिँदैछ । बैंकले भदौ २ गतेदेखि ५ जना संस्थापक सेयरधनीको सेयर जोडेर एकैपटक लिलामी बिक्री खुला गरेको हो । बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनी, व्यक्ति, कम्पनी तथा संघ–संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
 
संस्थापक समूहको यो सेयर सर्वसाधारणले पनि किन्न पाउनेछन् । यसमा न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
 

Read More
  • Financial Notices