काठमाडौँ - नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले नेपाल इन्भेस्टमेन्ट बैंकलाई पनि कनेक्टआईपीएस ई–पेमेन्ट प्रणालीमा आवद्ध गराई बुधबारबाट कारोबार सञ्चालनमा ल्याएको छ । अब नेपाल इन्भेस्टमेन्ट बैंकका ग्राहकहरुले पनि यस प्रणालीमार्फत सिधैं आफ्नो बैंक खाताबाट विभिन्न अनलाईन भुक्तानीे कारोबारहरु गर्न सक्नेछन् ।